15, May, 2024

महिला युरो २०२२ः नर्वेको पोष्टमा इङल्यान्डको आधा दर्जन बढी गोल

Bagmati Voice
संवाददाता
२८ असार २०७९, मंगलवार ०९:०५ | १ साल अगाडी

काठमाडौं । बेथ मिडको ह्याट्रिक प्रेरित महिला युरो २०२२ अन्र्तगत समूह चरणको खेलमा इङल्यान्डले नर्वेलाई ८–० गोलको नतिजामा पराजित गरेको छ ।

सोमबार राति फ्लामेर स्टेडियममा सम्पन्न समूह‘ए’ को खेलमा नर्वेमाथि सानदार जित निकाल्दै इङल्यान्ड एक खेल अगावै क्वार्टरफाइनल पुगेको छ ।नर्वे माथि हावी भएको इङल्यान्डलाई खेलको १२औं मिनेटमा जियोर्जा स्टयानवेले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् ।

उनले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेकी थिइन् ।त्यसको तीन मिनेट नबित्दै लाउरेन हेम्पले इङल्यान्डको अग्रता दोब्बर पारिन् ।
एलेन ह्वाइटले २९औं मिनेटमा टिमका लागि तेस्रो गोल गरिन् ।वेथ मिडले ३४औं मिनेटमा गोल गर्दै इङल्यान्डको स्कोर ४–० को स्थितिमा ल्याइन् । त्यसको चार मिनेट नबित्दै मिडले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरिन् ।

एलेनाले ४१औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टीमका लागि छैठौँ गोल गरेकी थिइन् । पहिलो हाफमै ६ गोलले पछिपरेको नर्वेले दोस्रो हाफमा पनि थप दुई गोल खायो । एलिसिया रुसोले ६६औं मिनेटमा इङल्यान्डको स्कोर ७–० बनाइन् ।

वेथ मिडले ८१औं मिनेटमा ह्याट्रिक पुरा गर्दै इङल्यान्डको जित ८–०ले शुनिश्चित गरिन् । यसअघि समूह चरणको पहिलो खेलमा इङल्यान्डले अस्ट्रियालाई १–० गोलको नतिजामा पराजित गरेको थियो ।

यस्तै, सोमबार सम्पन्न समूह‘ए’ को अर्को खेलमा अस्ट्रियाले नर्थन आयरल्यान्डलाई २–० गोलको नतिजामा पराजित गरेको छ ।
सेन्ट म्यारिज स्टडियममा सम्पन्न खेलमा अस्ट्रियालाई जित दिलाउन काथारिना सिक्चल र काथारिना एलिसा नास्चलवेङले गाल गरेका थिए ।
सिक्चलले १९औं मिनेटमागोल गर्दै अस्ट्रियालाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

नास्चलवेङले ८८औं मिनेटमा दोस्रो गोल गरिन् ।लगातार दुई जित निकालेको इङल्यान्ड ६ अंकसहित समूह‘ए’को शिर्ष स्थानमा छ । दुई खेलमा एक हार र एक जितको नतिजा निकालेको अस्ट्रिया तीन अंकसहित दोस्रो स्थानमा छ । समान तीन अंकको नर्वे गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । नर्थन आएरल्यान्ड जितविहिन छ ।

२८ असार २०७९, मंगलवार ०९:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading