वि.सं.२०८३ वैशाख १८ शुक्रवार

इरानले आफ्नो युरेनियम क्षमता २० प्रतिशत बनाउने

khanepani

एजेन्सी । इरानले आफ्नो प्रशोधित युरेनियमको क्षमता २० प्रतिशत बनाउने तयारी गरेको छ।

संयुक्त राष्ट्रसंघको स्वचालित निगरानी समूहका अनुसार इरानले आफ्नो परमाणु क्षमता थप बिस्तार गरि प्रशोधित युरेनियमको मात्रा २० प्रतिशत बनाउने भएको हो । अन्तर्राष्ट्रिय परमाणु सम्झौताको अहिलेसम्मकै सबैभन्दा ठूलो उल्लंघनको मार्गमा इरान रहेको जनाइएको छ ।

परमाणु बम बनाउनका लागि प्रशोधित युरेनियमको मात्रा ९० प्रतिशत चाहिन्छ । तर सन् २०१५ मा भएको परमाणु सम्झौता अनुसार इरानको युरेनियम भण्डारण चार प्रतिशतमा सीमित हुनु पर्ने थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकालाई परमाणु सम्झौताबाट बाहिर निकालेर पुनः प्रतिबन्धात्मक रणनीतिमा लागेपछि इरानले आफ्ना परमाणु क्षमता बिस्तार गर्न थालेको हो ।

तर बेलायत, फ्रान्स, जर्मनी, रुस तथा चीनले पाँच वर्ष पहिलेको सम्झौता पुनर्जीवित हुने अपेक्षा गरिरहेका छन् ।

इन्टरनेशनल अटोमेटिक इनर्जी एजेन्सी ९आइएइए० का अनुसार इरानले युरेनियमको क्षमता २० प्रतिशत बनाउने जानकारी गराएको छ । फोर्डो फ्यूल इनरिचमेन्ट प्लान्टमा युरेनियम क्षमता बिस्तार गर्ने इरानले बताएको हो ।

इरानले पठाएको पत्रमा परमाणु क्षमता बिस्तार कहिलेसम्म हुन्छ भन्ने नखुलाइएको एजेन्सीले जनाएको छ।

अहिले इरानको परमाणु क्षमता ४।५ प्रतिशतमा कायम छ । इरानको संसदले गएको महिना पारित गरेको कानून अनुसार परमाणु क्षमता २० प्रतिशत बनाउनु अनिवार्य हुनेछ ।

ranechhap