काठमाडौं । राप्रपाले शुक्रबार सरकारविरूद्ध प्रदर्शन गर्ने भएको छ।
पार्टीका नेता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार सरकार चौतर्फी रूपमा असफल भएकोले विरोध गर्न लागिएको हो।
उनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका पक्षमा पनि प्रदर्शन गर्न लागिएको जानकारी दिएका छन्।
‘सरकार चौतर्फी रूपमा असफल भइसक्यो। यसको विरोधमा जनप्रदर्शन गर्न लागेका हौं,’ उनले भने।
उनले ११स्३० देखि भृकुटीमण्डपमा प्रदर्शनका कार्यक्रम हुने बताए।









































