वि.सं.२०८३ वैशाख १८ शुक्रवार

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोक्यो खरिदारको सरूवा

khanepani

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खरिदारको सरूवा, पदस्थापना तथा सरूवा सहमति दिने कार्य रोकेको छ।

मन्त्रालयका शाखा अधिकृत युवराज ढकालका अनुसार खरिदार पदको कुनै पनि नियकायमा सरूवा र पदस्थापना गर्ने तथा सरूवा सहमति प्रदान गर्ने कार्य पुस मसान्तसम्म रोकिएको हो।

सरूवा रोक्ने निर्णय गत पुस ८ गते बसेको मन्त्रालयको बैठकले गरेको थियो।

कर्मचारी बढुवा प्रयोजनका लागि सुगमबाट दुर्गम कर्मचारी जान खोजेको र लामो समयदेखि दुर्गम बसेर सेवा गरिआएका कर्मचारीलाई बढुवा प्रयोजनका लागि मर्का परेको गुनासोपछि पुस मसान्तसम्म सरूवा रोक्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

ranechhap