वि.सं.२०८३ वैशाख ६ आइतवार

चिनियाँ नेताहरुले भने,–नेकपामा मिल्ने ठाउँ छ कि सकियो ?

khanepani

काठमाडौं । वैदेशिक मामिलामा चिनियाँ नीति ‘क्वाइट डिप्लोमेसी’ (शान्त कूटनीति)का रुपमा परिचित छ । तथापि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि आइतबार काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टी टोलीले नेकपाको मामिलामा गहिरो चासो देखाएको छ ।

नेकपाका नेतालाई चिनियाँहरुको प्रश्न छ– अब एकता गर्ने ठाउँ छ कि सकियो ?

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यैचोको टोली नेकपाका नेताहरुलाई भेट्न आइतबार काठमाडौं आएको हो । यो टोलीले आइतबार र सोमबार विभिन्न शीर्षनेताहरुसँग भेटवार्ता गरेको छ ।

आइतबार काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका नेता यैचोले सुरुमै शीतलनिवास पुगेर विद्या भण्डारीसँग कुराकानी गरेका थिए । त्यसपछि उनले आइतबार राति नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरे ।

सोमबार बिहान चिनियाँ टोलीले पूर्वप्रधानमन्त्री प्रचण्डसँग करिब डेढ घण्टा छलफल गर्‍यो । सोमबारै अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि चिनियाँ टोलीले कुराकानी गर्‍यो ।

आइतबार अपराह्न राष्ट्रपतिलाई भेटेको येचौ नेतृत्वको टोली साँझ बालुवाटार पुगेको थियो । सोमबार बिहान प्रचण्ड निवास पुगेको यो टोलीले माधवकुमार नेपाललाई भने नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता गरेको थियो । यस्तै डल्लु पुगेर वरिष्ठ नेता झलनाथ खनालसँग पनि कुराकानी गरेको छ ।

ranechhap