वि.सं.२०८३ वैशाख ७ सोमवार

केयूकेएल ठिमि शाखामा झलकको दादागिरी, सिईओ शाक्य चीर निन्द्रामा

khanepani

काठमाडौं । नयाँ मन्त्रीले कार्यभार समाल्न नपाउर्दै उसको सम्बन्ध खोज्र्दै फोन डायल गर्नु केयुकेएलका कर्मचारीहरुको दिन चर्या नै भएको छ ।

खानेपानी मन्त्रीबाट विना मगरले राजिनामा दिएपछि सोहि ठाउँमा मणी थापा मन्त्री भएका छन । उनी राजनितिमा सक्रिय रहेपनि सम्बन्धको हिसावले लो प्रोफाइलमै रहेका नेता हुन ।

उनी धेरै चलखेल गर्ने नेता नभएका कारण उनको सम्बन्ध र चीनजान को–कोसँग होला भन्र्दै केयूकेएल व्यवस्थापनमा भएका हामिकहरुले फोन गरेको यूनियनका नेताहरुले बताउर्दै हिडेका छन ।

केयूकेएलमा कार्यकारी अधिकृत भएर मिलन कुमार शाक्य आएपछि केयूकेएलको अवस्था झन नाजुक भएको छ । शाक्यले तत्कालीन मन्त्री वीना मगर र प्रधानमन्त्री ओलीका सल्लाहकारलाई मोटो रकम बुझाएर केयुकेएलको सिईओ भएका कारण उनी त्यो लगानी उठाउने कार्यमा मात्र ध्यान दिन लगेका कारण केयूकेएलको अवस्था नाजुक भएको हो । पैसा उठाउनका लागि सिईओले अनेक जालझेल गर्दै आएको केयूकेएलमा छिपेको छैन ।

केयुकेएलमा ११ तहमा काम गर्दै आएका ज्ञानेन्द्रबहादुर कार्कीले समेत असन्तुष्टि जाहेर गरेका थिए । केयूकेएलको कोर गू्रपले संचालन गर्दै आएको सामाजिक संजालमा कार्कीले कमिशनको प्रतिशत उल्लेख नै गरेर आफ्नो असन्तुष्टि जाहेर गरेको प्रमाण यस अनलाइनले यस अगाडि नै प्रकाशित गरिसकेको छ ।

शाक्यलाई कमिशन बुझाउनकै लागि ठिमि शाखाका खरिद प्रमुखले कार्यालय प्रमुखको आँखै अगाडि आफ्नो सालालाई ठेकेदार बनाउर्दै आएका छन । उनी सोहि शाखाका मिटर रिडर कर्मचारी समेत भएको समाचार स्रोतले दावी गरेको छ । यस शाखाका प्रशासन र खरिद प्रमुख हुन झलकसिंह केसी छन । उनी नेकपा यूनियनका सल्लाहकार समेत हुन । उनले सत्ताकै पहुँचमा लेखापाललाई स्टोर किपर बनाएर काम लगाएका छन । राधिका के.सी लेखापाल भएपनि उनलाई स्टोरकिपर बनाएर काम लगाएका छन ।
त्
यसैगरि झलकसिंहले श्रीमति जानुका केसीलाई स्टोर सहायक बनाएर काम लगाएका छन । यस्ता घटना केयूकेएलका अन्य शाखाहरुमा समेत रहेको समाचार स्रोतले दावी गरेको छ । यसै विषयमा झलक के.सी भन्छन, “राधिका के.सी र जानुका केसीको कुरा सत्य हो ? अर्को व्यवस्था नभएसम्मका लागि उहाँहरुलाई काममा लगाइएको हो । सालोलाई ठेकेदार बनाएको भन्ने कुरा सत्य होइन ।”

सिईओ मिलनकुमार शाक्यले ढल महाशाखामा समेत बलमिचाई गरेर लेखापाल लगेका छन । उनको केहि कर्मचारीहरुसँग अबैध सम्बन्ध समेत रहर्दै आएको तथ्य हामीले फेला पारेका छौं । सो पुष्ठि भएपछि सार्वजनिक समेत हुने छ ।

ranechhap