वि.सं.२०८३ वैशाख ६ आइतवार

संक्रमण घटेको भन्दै सरकारले हटायो निजी अस्पताललाई कोरोना अस्पतालको सूचीबाट

khanepani

काठमाडौं । सरकारले कोरोना भारइसको संक्रमण घटेको भन्दै निजी अस्पतालहरूलाई कोरोना अस्पतालको सूचीबाट हटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो समय संक्रमण एकदम कम भएकाले निजी अस्पतालहरूलाई तत्काल कोभिड अस्पतालको सूचीमा राख्ने काम स्थगन गरिएको जानकारी दिए।

मन्त्रालयले संक्रमितको उपचारका लागि देशभर झन्डै ३० वटा निजी अस्पतालहरूलाई कोभिड अस्पतालमा सूचीकृत गरेकोमा अब उक्त सूचीबाट सबै अस्पताललाई हटाइएको गौतमले जनाए।

‘केही समयलाई स्थगन गरिएको हो। फेरि संक्रमण बढ्यो भने उहाँहरूको सेवा लिनुपर्छ,’ उनले भने।

प्रवक्ता गौतमले अहिले संक्रमितहरूको उपचार गर्नलाई सरकारी अस्पतालमै बेड खाली रहेको भन्दै तत्काल निजीको आवश्यकता नपरेको बताए। तर मेडिकल कलेजहरूलाई भने कोभिड अस्पतालको सूचीमा यथावत् राखिएको छ।

अब निजी अस्पतालहरूले संक्रमितको उपचार गरे पनि त्यसको खर्च सरकारले व्यहोर्ने छैन। यसअघि कोभिड अस्पतालमा सूचीकृत निजी अस्पतालहरूमा उपचार भएका संक्रमितहरूको खर्च मन्त्रालयले व्यहोर्दै आएको थियो।

अब भने मन्त्रालयले पुस १२ गतेसम्म भर्ना भई १० दिनसम्म उपचार गराउनुपर्ने संक्रमितको उपचार खर्च मात्र सोधभर्ना गरिने जनाएको छ।

योसँगै अब मन्त्रालयले मेडिकल कलजेसहित सरकारी अस्पतालहरूलाई मात्र कोभिड अस्पतालको सूचीमा राखेको छ।

अब यी अस्पतालहरूमा मात्र उपचार गराइएका संक्रमितहरूको खर्च सरकारले व्यहोर्ने छ। सरकारले लक्षण सहितका संक्रमितको उपचार निस्शुल्क गर्दै आएको छ।

बीचमा संक्रमितको उपचार स्वयं व्यक्तिले गर्नुपर्ने निर्णयको सर्वत्र आलोचना भएपछि सरकार सस्शुल्क उपचार गर्ने कुराबाट पछि हटेको हो। उक्त निर्णयलाई केही दिनमै उल्टाउँदै सरकारले लक्षणसहितका संक्रमितको भने निस्शुल्क उपचार गर्ने भनेको हो।

ranechhap