वि.सं.२०८३ वैशाख ६ आइतवार

आज यो वर्षकै चिसो, काठमाडौंको न्यूनतम तापक्रम १.३ डिग्रीमा झर्‍यो

khanepani

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै निकै कम भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको छ। हिजो काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री थियो।

यसअघि गएको पुस ३ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो।

आज भने काठमाडौंको तापक्रम अहिलेसम्मकै कम मापन गरिएको र तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ। आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ।

तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसममा उल्लेख्य बदली नरहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने मौसमविद्को अनुमान गरेका छन्।

पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशबाहेकका ठाउँहरुमा मौसम भने सामान्यतया सफा रहेको छ।

आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसम बद्ली हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

ranechhap