काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ८ जना नयाँ मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। विस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादी र एमालेतर्फबाट मिलाएर मन्त्री बनाउन लागेको हो।
पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा मन्त्री हुँदैछन्।
त्यस्तै पूर्व एमालेबाट प्रेम आले, विमला विक र गणेश ठगुन्ना मन्त्री हुन लागेको वालुवाटार निकट स्रोतले जानकारी दिएको छ।
केही मन्त्रीको कार्यविभाजन भए पनि केहीको बाँकी रहेको स्रोतले जानकारी दिएको छ।
नवनियुक्त मन्त्रीहरूको सपथ आजै राष्ट्रपति कार्यालयमा हुनेछ।
कार्यविभाजन
टोपवहादुर रायमाझी- मन्त्री उर्जा
प्रभु साह-मन्त्री श्रम
मणि थापा-मन्त्री पर्यटन
गौरीशंकर चौधरी- मन्त्री शिक्षा
दावा लामा- मन्त्री खानेपानी तथा सरसफाइ
विमला विक- मन्त्री
प्रेम आले -मन्त्री
गणेश ठगुन्ना-मन्त्री









































