काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बिहीबार पनि बस्दैछ।
मंगलबारदेखि जारी केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि आवश्यक रणनीति तय गर्न बैठक बोलाइएको थियो।
आजको बैठकले ओली सरकारका कदमविरूद्ध आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको छ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सरकारका कदमविरूद्ध देशैभरबाट विरोध गर्न केन्द्रीय समितिबाट कार्यक्रम तय हुनेछ।
कांग्रेसमा तत्काल सरकारको विरोधमा आन्दोलनमा जाने कि केही समय कुर्ने भन्नेमा मतभेद देखिएका छन्।









































