वि.सं.२०८३ वैशाख २० आइतवार

बैतडीमा जिप दुर्घटना हुँदा चालककाे मृत्यु, ३ घाइते

khanepani

काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

धनगढीबाट छुटेको से १ ज ८४३ नम्बरको बलेरो जिप सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना हुँदा चालक बझाङको बुङ्गल नगरपालिका –११ बस्ने २६ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको हो।

आज बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन्।

बैतडीको पुर्चौडी नगरपालिका ४ का ३५ वर्षीय जनकराज भट्ट, ४० वर्षीय गंगादत्त भट्ट र बझाङको चिरबित्थडका २७ वर्षीय हरिश बोहरा घाइते छन्।

बोहरा बाहेकका २ जनाको अवस्था गम्भीर रहेको छ।

उनीहरुलाई घटनास्थलबाट उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।

ranechhap