05, May, 2024

राइनासका महिलालाई सिपमुलक तालिमसँगै प्रविधि हस्तान्तरण

Bagmati Voice
संवाददाता
३ असार २०७९, शुक्रबार १९:०० | १ साल अगाडी

लमजुङ । राइनास नगरपालिका वडा नम्बर ३ का महिलाहरुले सिलाई कटाई सम्वन्धी सिप सगै अनुदानमा प्रविधि समेत पाएका छन् ।

राइनास नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत वडा नम्बर ३ का १२ जना महिलाहरुलाई सिलाई कटाई तालिमसँग सिलाई मेसिन प्रदान गरेको हो ।

एक महिना सम्म सञ्चालन भएको उक्त तालिमको समापनका अवसरमा तालिम लिएका महिलाहरुलाई ५० प्रतिशत अनुदानमा सिलाई मेसिन हस्तान्तरण गरिएको हो ।

सिप सिकेर व्यवसाय गर्न चाहने तथा आयआर्जनमा जोडिन चाहने महिलाहरुलाई सिपमूलक तालिम प्रदान गरिएको राइनास नगरपालिकाका मेड्पा कार्यक्रम संयोजक राधिका पन्तले वताइन । तालिम पश्चात १३ हजार ४ सय पर्ने सिलाई मेसिन महिलाहरुलाई ५० प्रतिशत अनुदानमा प्रदान गरिएको हो ।

यसवर्ष नगरपालिकाको वडा नं. ३, ४ र ७ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रम अन्र्तगत सिलाई बुनाई, मुढा वनाउने, डलकुसन वनाउने, हाउस वाइरिङ र व्याग बनाउने तालिम सञ्चालन गरिएको हो ।

८० जना उद्यमी सृजना गर्ने लक्ष्यका साथ सञ्चालन भएको उक्त कार्यक्रम अन्र्तगत सिपमूलक तालिमका लागि ८ लाख र प्रविधि हस्तान्तरणका लागि साँढे तिन लाख वजेट आएको मेड्पा कार्यक्रम संयोजक पन्तले बताइन ।

३ असार २०७९, शुक्रबार १९:०० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading