वि.सं.२०८३ वैशाख २० आइतवार

प्रचण्ड-माधव गुटको बैठकबाट ओलीलाई कारवाहि गरेर माधव नेपाललाई अध्यक्ष बनाउने तयारी

khanepani

काठमाडौं । नेकपाको (प्रचण्ड–नेपाल) पक्षले केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर माधव नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ।

मंगलबार दिउँसो बस्ने केन्द्रीय समिति बैठकबाट उक्त निर्णय हुन सक्ने एक स्थायी समिति सदस्यले जानकारी दिए।

‘नेकपाको विधानमा दुई अध्यक्षको व्यवस्था छ। ओलीलाई कारवाही पछि रिक्त हुने पदमा माधव कमरेड अध्यक्ष बन्नुहुन्छ’ ती स्थायी समिति सदस्यले भने, ‘पार्टी एकताको सन्देश दिन पनि दुई अध्यक्ष हुन्छ।’

ranechhap