15, May, 2024

नेपालले क्यानडासँग टी–२० र एक दिवसीय शृंखला खेल्ने

Bagmati Voice
संवाददाता
३ असार २०७९, शुक्रबार ११:२९ | १ साल अगाडी

काठमाडौं । नेपालले क्यानडामा २ वटा टी–२० र २ वटा एक दिवसीय क्रिकेट शृंखला खेल्ने भएको छ ।

असार १४ र १५ गते टी-२० तथा असार २० र २१ गते एकदिवसीय खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । त्यसका लागि नेपाली टिम असार १२ गते क्यानडा जाने तयारी छ ।

स्कटल्याण्डमा नामिबियासमेत सम्मिलित आइसीसी क्रिकेट विश्व कप लिग टु खेल्नुअघि नेपालले क्यानडासँग द्विपक्षीय शृंखला खेल्ने तय नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानडामा द्विपक्षीय शृंखला खेलेर नेपाली टोली स्कटल्याण्ड जाने छ । स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग टुका ४ खेल खेल्ने छ ।

पहिलो खेल असार २७ गते नामिबियासँग हुने छ । अमेरिकामा भएको लिग टुको ओमानसमेत सम्मिलित शृंखलामा १ खेल जितेको नेपालले २ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । लिग टुमा अहिलेसम्म १६ खेल खेलेको नेपाल १५ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।

३ असार २०७९, शुक्रबार ११:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading