08, Sep, 2024

सिन्धुपाल्चोकको खाडीचौरबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी महिलाको शल्यक्रिया सफल

Bagmati Voice
संवाददाता
२० असार २०७७, शनिबार १२:०१ | ४ साल अगाडी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको खाडीचौरबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी महिलाको शल्यक्रिया सफल भएको छ । काठमाडौंँको ह्याम्स अस्पतालमा शुक्रबार सांँझ शल्यक्रियाबाट शिशु जन्माइएको हो ।

खाडीचौरस्थित सदाबहार अस्पतालका चिकित्सकले लिंसखुपाखर गाउँपालिका ७ की २४ वर्षीया निशा तामाङको शल्यक्रिया गर्न खोज्दा पाठेघर र पिसाबथैली जोडिएको भेटिएपछि हेलिकोप्टरबाट काठमाडौँ पठाइएको थियो ।

उनी बिहीबार नै सुत्केरी हुनका लागि सदाबहार अस्पतालमा भर्ना भएकी थिइन् । शिशु र आमाको अवस्था सामान्य रहेको सदाबहार अस्पतालका डा रोशन थापाले बताए।

२० असार २०७७, शनिबार १२:०१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading