वि.सं.२०८३ वैशाख ६ आइतवार

काठमाडौंमा पुलबाट खस्यो सुमो

khanepani

काठमाडौं । काठमाडौंको नारायणटारमा पुलबाट टाटा सुमो तल खसेको छ । ना १ ज ५३६३ नम्बरको सुमो आज बिहान पुलको बायाँतर्फको रेलिङ भाँच्दै करिब २० फिट तल खसेको छ । पुल मुनिको बाटोमा खसेको सो गाडीलाई र्‍याकरको सहायताले उठाइएको थियो ।

रविन तामाङले चलाएको उक्त गाडि तीव्र गतीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

दुर्घटनामा मानवीय क्षति भने भएको छैन । गाडीको बम्पर र अगाडिको सिसा फुटेको छ ।

ranechhap