वि.सं.२०८३ वैशाख ६ आइतवार

प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली आज १० बजे खुमलटार जाँदै

khanepani

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार जाने भएका छन्।

प्रधानमन्त्री श्रोतले दिएको जानकारी अनुसार प्रम ओली १० बजे दाहाल निवास खुमलटार जानेछन्। पार्टीमा जारी गतिरोधकाबिच ओली दाहाल निवास जान लागेका हुन्।

हिजो शुक्रबार दाहाल र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो।

बालुवाटारमा भएको भेटमा दाहालले ओलीलाई ‘म मात्रै आइरहन्छु तपाईंपनि मेरोमा आउन हुन्छ नी’ भनेपछि ओली खुमलटार जान लागेको प्रधानमन्त्री निकट श्रोतको भनाइ छ।

प्रचण्ड श्रोतले भने आफूहरूलाई यसबारेमा कुनै जानकारी नभएको जनाएको छ।

कोरोनाको महामारी सुरू भएदेखि प्रधानमन्त्री ओली बालुवाटरबाट विरलै बाहिर निस्केका छन्।

पार्टीभित्र उनीदेखि असन्तुष्ट रहँदै आएको माधवकुमार नेपाल तथा दाहाल समूहले सचिवालयमा अल्पमतमा पारेपछि वामदेव गौतमलाई आफ्नो पक्षमा मनाउन साउनमा गौतम निवास भैंसेपाटी पुगेका थिए।

ranechhap