वि.सं.२०८३ असार २३ मंगलवार

गाउँपालिका अध्यक्षमा बागी उम्मेदवार बनेका एमाले नेता मिश्र पत्नीसहित कांग्रेसमा प्रवेश

khanepani

काठमाडौं । नेकपा एमालेले बागी उम्मेदवारी दिएपछि निष्कासन गरेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका कमिटीका पूर्व अध्यक्ष खेम मिश्र नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

केन्द्रीय सदस्य रामहरि खतिवडाको पहलमा मिश्र र उनकी श्रीमती कविता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिई पार्टी प्रवेश गरेका हुन् ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मिश्रले टिकट नपाएपछि उनी खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

उनले ३० मत पाएका थिए । बागी उम्मेदवारी दिएपछि एमालेले मिश्रलाई गाउँपालिका कमिटी अध्यक्षसहित साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो ।

उनलाई हटाएर झम्कहरी बडाललाई एमालेले अध्यक्ष बनाइसकेको छ ।

चम्पादेवी गाउँपालिकामा कांग्रेसका नवराज केसी ४७१५ मतसहित विजयी हुँदा एमालेका खड्गबहादुर कार्कीले ४५६० मत पाएका थिए ।

एमाले चम्पादेवी गाउँपालिका कमिटीले मिश्रसहित एमालेमा बसेर रुखमा मत हाल्ने अन्य प्रदेश र जिल्लास्तरीय नेताहरूमाथि पनि कारबाहीको सिफारिस गरेको थियो ।

ranechhap