वि.सं.२०८३ असार २१ आइतवार

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक

khanepani

काठमाडौँ । काठमाडौँ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले छलफल गरेका छन्।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज बिहान छलफल भएको हो।

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए।

एकीकृत समाजवादीले आफ्ना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्ने निर्णय आइतबार सचिवालय बैठकबाट गरेको थियो। यीलगायत समसामयिक विषयमा बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच कुराकानी भएको हो।

ranechhap