वि.सं.२०८३ असार २१ आइतवार

कर्णाली: जिससमा तीन दलबीच भागबण्डा, कांग्रेसले पाँच जिल्लाको प्रमुख पाउने

khanepani

सुर्खेत । सत्तागठबन्धनले कर्णालीका १० जिल्लाको जिल्ला समन्वय समिति गठनमा भागबण्डा गरेका छन् । कांग्रेसले पाँच, माओवादीले चार र नेकपा एसले एक जिल्लाको जिसस प्रमुख पाउनेगरी भागबण्डामा सहमति भएको हो ।

यद्यपि, सुर्खेतको जिसस प्रमुख कसले लिने भन्नेबारे सहमति भइनसकेको बताइएको छ । सुर्खेतमा एमाले र माओवादीबीच तालमेल हुने चर्चा पनि छ । दुई दिन लगातार बसेको प्रदेश संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।

माओवादीले कर्णालीका ३२ स्थानीय तहमा एक्लै जित हात पार्ने स्थिति भए पनि विविध कारणले परिणाम आफ्नो पक्षमा नआएको निष्कर्ष निकालेको छ ।

ranechhap