29, Apr, 2024

माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी

Bagmati Voice
संवाददाता
२२ जेष्ठ २०७९, आईतवार ०९:२७ | १ साल अगाडी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी छ । बैठक प्रचण्डको निवास खुमलटारमा केहीबेर अघिबाट सुरु भएको हो ।

बैठकका एजेण्डाबारे थाहा नभएको एक नेताले बताए । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पनि बैठकका एजेण्डाबारे अनभिज्ञता प्रकट गरे ।

तर प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने स्थानीय निर्वाचन, बजेट लगायत समसामयिक विषयमा बैठकमा छलफल हुने बताए । बजेट कार्यान्वयन, सरकारका काम, आगामी निर्वाचनको पूर्वतयारी लगायतका विषयमा पनि छलफल हुन सक्ने छ ।

यसअघि बोलाइएको केन्द्रीय समितिको बैठक भने माओवादीले स्थगित गरेको छ ।

२२ जेष्ठ २०७९, आईतवार ०९:२७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading