वि.सं.२०८३ वैशाख ८ मंगलवार

देउवा र प्रधानमन्त्रीवीच बिहानै छलफल भएको तर, सहमति हुन नसकेको कांग्रेसको दावी

khanepani

काठमाडौं । नेपाली कांग्रेसले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने विषयमा मंगलबार बिहान नै असहमती भएको थियो।

मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभापति शेरबहादुर देउवाले अध्यादेश ल्याउने कुरामा असहमति राखेको कांग्रेसका एक नेताले बतायो।

बैठकबाट निस्किँदा निस्किँदै देउवाले प्रधानमन्त्री ओलीसँग अध्यादेशबारे असहमति राखेको ती नेताले बताए।

‘प्रमुख प्रतिपक्षी दलको नेताले हुँदैन भन्दाभन्दै प्रधानमन्त्रीले अध्यादेश ल्याउनुभएको छ,’ ती नेता भने, ‘अब पार्टीमा परामर्श नभई प्रमु प्रतिपक्षी दलको नेता संवैधानिक परिषदमा सहभागी हुनुहुन्न।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शर्माले बिहान संवैधानिक परिषद बोलाउने, दिउँसो अध्यादेश ल्याउने र साँझ फेरि बैठक बोलाउने प्रधानमन्त्रीको नियतमै प्रश्न रहेको बताए।

‘संसद बैठक बस्न १७-१८ दिन बाँकी रहँदै संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउनु प्रधानमन्त्रीको गलत कदम हो, राष्ट्रपतिले हतार-हतार जारी गरेर अभिभावकीय मर्यादा राख्नुभएन,’ शर्माले भने।

ranechhap