वि.सं.२०८३ वैशाख ८ मंगलवार

संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटा आज पनि नजाने

khanepani

काठमाडौं । आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नजाने भएका छन्।

सापकोटा नजाने जानकारी उनका प्रेसविज्ञ श्रीधर न्यौपानेले दिएका छन्।

‘बैठकका लागि सरकारबाट समन्वय, पूर्व तयारी र गृहकार्य नभएकाले आजको बैठकमा सभामुख जानुहुनेछैन’, न्यौपानेले भने।

यस अघि मंसिर २८ गते आइतबार पनि परिषद्को बैठक बोलाइएको थियो तर सभामुख अग्निप्रसाद सापकोटा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतको उपस्थिति नभएपछि स्थगित भएको थियो।

रोशनी शाही दुर्व्यव्यवहारमा पक्राउ परेपछि नेकपाका दुई अध्यक्षबीचको रस्साकस्सीपछि सापकोटा सभामूखमा निर्वाचित भएका हुन्।

पछिल्लो समय नेकपाभित्र देखिएको विवादको असर संवैधानिक परिषद्को बैठकमा देखिएको छ।

सापकोटा प्रचण्ड निकट हुन्।

पाटीमा जारी विवादकाबीच संवैधानिक परिषद्को वैठक बोलाइएकोमा प्रचण्ड प्रम ओलीसँग असन्तुष्ट रहेको उनी निकट श्रोतले बताएका छन्।
हिजोको सहमति र समझदारीलाई लत्याउँदै प्रधानमन्त्री ओलीले प्रमुख विपक्षीसँग सहमति गरेर अघि बढ्न खोजेको समेत प्रचण्डको भनाइ छ।

ranechhap