वि.सं.२०८३ वैशाख ९ बुधवार

पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा

khanepani

काठमाडौं । विषेश अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा दोषी देखाउँदै विशेष अदालतले आइतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिएका छन ।

भूमिसुधार मन्त्रालयको सचिव भएका बेला सरकारी जग्गा हिनामिनामा उनको भूमिका रहेको आरोप छ । ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।

ranechhap