वि.सं.२०८३ जेठ १३ बुधवार

संसदमा बजेटमाथिको छलफल आजदेखि, प्रतिपक्षी एमालेले ‘भण्डाफोर गर्ने’

khanepani

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि संसदमा छलफल हुँदैछ । लोकप्रियताका नाममा महत्वाकांक्षी र कार्यान्वयन नहुने खालको बजेट ल्याएको भन्दै चौतर्फी आलोचना भइरहेबीच आजदेखि संसदमा बजेटमाथि छलफल हुन लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट ‘हावादारी’ भएको निष्कर्ष निकाल्दै संसदमै ‘भण्डाफोर गर्ने’ जनाएको छ ।

संसदीय चुनावलाई लक्षित गर्दै सरकारले ल्याएको बजेटमाथि विभिन्न सरोकारवाला निकायले मिश्रित प्रतिक्रिया दिएका छन् ।

आइतबार गठबन्धन सरकारका अर्थमन्त्री जनार्दशन शर्माले करिब १८ खर्बको बजेट संसदमा प्रस्तुत गरेका थिए ।

संसद बैठक आज ११ बस्दैछ ।

ranechhap