वि.सं.२०८३ जेठ ३० शनिवार

धनगढीका गुनासा सुन्न मेयर हमालले सार्वजनिक गरे ह्वाटस्एप नम्बर

khanepani

कैलाली। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाटस्एप नम्बर सार्वजनिक गरेका छन् । उनले उपमहानगरपालिकामा सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाटस्एप नम्बर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पिरमर्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन् ।

‘यो नम्बर मसँग हुन्छ, नागरिकको गुनासो सुन्नलाई हो । विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएको छ भने कल गर्नुस् । म तुरुन्त कारबाहीको प्रक्रियामा जान्छु’, उनले भने ।

उनले व्यक्तिगत कामका लागि भने सो नम्बरमा फोन नगर्न अनुरोध गरे ।

ranechhap