वि.सं.२०८३ वैशाख १० बिहीवार

सुनको भाउ तोलामा ९ सय रुपैयाँ घट्यो

khanepani

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ बिहीबार भने ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बिहीबार तेजाबी सुन प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार भने तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारको तुलनामा बिहीबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार २ सय १५ रुपैयाँ कायम भएको चाँदीको भाउ बिहीबार १ हजार २ सय रुपैयाँमा झरेको छ ।

यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको थियो । कात्तिक २४ गते प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ कात्तिक भने ९४ हजार ८ सय रुपैयाँमा झरेको थियो ।

ranechhap