वि.सं.२०८३ वैशाख १० बिहीवार

चिसो मौसममा निमोनिया को खतरा, निमोनियाले फोक्सोमा आक्रमण गर्ने भएकोले सर्तकता अपनाउ

khanepani

जाडो मौसम शुरु भएको छ । जाडो मौसमसँगै मौसमी फ्लू, रुघाखोकी, निमोनिया जस्ता समस्याहरुले पनि बढी नै सताउने गर्छ । त्यसमाथि थप अहिले कोरोनाको कहर बढिनै रहेको छ । कोरोनाको समस्याका धेरैजस्तो लक्षणहरुसँग माथि उल्लिखित समस्याहरुसँग मिल्दाजुल्दा नै हुन्छन् ।

कोरोनाभाइरसको संक्रमणले थुप्रै किसिमका स्वास्थ्य समस्याहरु निम्त्याउने गर्छ । तर तीमध्ये सबैभन्दा मुख्य चाहिँ निमोनिया नै हो । अरु कारणहरुले लाग्ने निमोनियाले अधिकांशतः मध्यमस्तरको असर गर्ने गर्छ । थोरै निमोनियामा मात्रै संक्रमितको फोक्सोमा गम्भीर असर पुग्ने गर्छ र कतिपयको त ज्यानै पनि जाने हुन्छ । तर अहिले महामारी फैलाइरहेको कोरोनाभाइरसको सन्दर्भमा भने निमोनियाको असर अलि फरक र खतरनाक खालको रहेको पाइन्छ । विशेषतः यसमा संक्रमितको छात्तीमा तीब्र असर हुने र छोटो समयमै फोक्सोमा धेरै मात्रामा वा पूरै क्षति पुग्ने गर्छ । यस अर्थमा पनि हामीले निमोनियाका बारेमा थाहा पाइराख्नु राम्रै हुन्छ । आउनुहोस्, आज हामी निमोनियाका बारेमा सामान्य चर्चा गरौं ।

अहिले महामारी फैलाइरहेको कोरोनाभाइरसको सन्दर्भमा भने निमोनियाको असर अलि फरक र खतरनाक खालको रहेको पाइन्छ । विशेषतः यसमा संक्रमितको छात्तीमा तीब्र असर हुने र छोटो समयमै फोक्सोमा धेरै मात्रामा वा पूरै क्षति पुग्ने गर्छ ।

फोक्सोको समस्या

निमोनिया भनेको मुख्यतः फोक्सोसँग सम्बन्धित समस्या हो । यो समस्यामा हाम्रो एउटा वा दुईटै फोक्सोमा संक्रमण हुने गर्छ । यस्तो संक्रमण भाइरस, ब्याक्टेरिया वा ढुसी फंगसका कारणले हुने गर्छ ।

जुनसुकै कारणले भए पनि निमोनियाको संक्रमण भएपछि हाम्रो फोक्सोको हावा थैलीहरुमा इन्फ्लेमेशन ९सुन्निने० हुन्छ । त्यस्ता हावाथैलीहरुलाई एल्भोली भनिन्छ । यसरी निमोनिया संक्रमण भएर त्यस्ता हावा थैलीहरु सुन्निन थालेपछि बेलैमा उपचार भएन भने त्यहाँ पानी वा पीपहरु भरिन थाल्छ । यस्तो अवस्थामा संक्रमितलाई सास फेर्न कठिनाई हुन थाल्छ ।

के निमोनिया सर्न सक्छ

निमोनिया लगाउने किटाणुहरु संक्रमण गराउने खालका हुन्छन् । यस अर्थमा निमोनिया पनि एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

भाइरस वा व्याक्टेरियाका कारण भएको निमोनिया संक्रमितले फेरेको सास वा खोक्दा–हाँच्छिउ गर्दा उसको मुखबाट उछिट्टिएको थुक–सिंगानको छिटाहरुले त्यसको सम्पर्कमा आउने मानिसलाई सजिलै संक्रमित तुल्याउन सक्छ । त्यसबाहेक, संक्रमितले छोएका वा प्रयोग गरेका सरसामानहरुको सम्पर्कमा आउँदा पनि निमोनिया सर्न सक्छ ।

भाइरस वा व्याक्टेरियाका कारण भएको निमोनिया संक्रमितले फेरेको सास वा खोक्दा–हाँच्छिउ गर्दा उसको मुखबाट उछिट्टिएको थुक–सिंगानको छिटाहरुले त्यसको सम्पर्कमा आउने मानिसलाई सजिलै संक्रमित तुल्याउन सक्छ । त्यसबाहेक, संक्रमितले छोएका वा प्रयोग गरेका सरसामानहरुको सम्पर्कमा आउँदा पनि निमोनिया सर्न सक्छ ।

त्यसबाहेक, ढुसीका कारण हुने निमोनिया चाहिँ एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्दैन । त्यस्ता निमोनिया गराउने ढुसी भएको वातावरणको सम्पर्कमा आएपछि कुनै पनि व्यक्तिलाई निमोनिया हुन सक्छ ।

निमोनियाको लक्षण

निमोनियाका लक्षणहरु सामान्यदेखि जीवनलाई नै खतरामा पार्नेसम्मको हुन सक्छ । तिनीहरु निम्नानुसार छन्स्

खोकी । यस्तो खोकीमा सामान्यत खकार आउने गर्छ ।
ज्वरो
चिटचिट पसिना आउनु
सास फेर्न गाह्रो हुनु । यस्तो समस्या त्यत्तिकै बसेको बेलामा वा केही गतिविधि गर्दा पनि हुन सक्छ ।

छात्तीमा पीडा । यो खोक्दा वा सास फेर्दा झनै बढेर जान्छ ।

थकान लाग्नु र गलेको महसूस हुनु ।

खानामा अरुचि

वाकवाक लाग्नु वा वान्ता हुनु

टाउको दुख्नु

त्यसबाहेक, कुनै पनि व्यक्तिको स्वास्थ्य अवस्था अनि उनको उमेर अनुसार लक्षणहरु फरक फरक देखिन सक्छ

–५ वर्षभन्दा मुनिका बच्चाहरुमा छिटोछिटो सास फेर्ने र स्वाँस्वाँ हुन सक्छ ।

–शिशुहरुमा लक्षण नदेखिन सक्छ । तर कहिलेकाही तिनीहरुले वान्ता गर्न सक्छ । उनीहरुमा फूर्तिफार्ती हुँदैन र खान वा पिउनमा समस्या हुन सक्छ ।

–बुढाबुढी उमेरका मानिसहरुमा मध्यमखालका लक्षणहरु देखापर्न सक्छन् । उनीहरु भ्रमित भएको देखिन सक्छन वा उनीहरुको शरीरको तापक्रम सामान्यभन्दा कम भएको हुन्छ ।

निमोनियाका कारण

निमोनिया गराउने थुप्रै खालका किटाणुहरु वा कारणहरु हुने गर्छन् ।

व्याक्टेरियाजन्य निमोनिया

निमोनिया गराउने सबैभन्दा मुख्य व्याक्टेरिया स्ट्रेप्टोकोक्स निमोनियाइ हो । त्यसबाहेक माइक्रोप्लाज्मा निमोनियाइ हेमोफिलुस इन्फ्लुन्जाइ लेगियनेल्ला निमोफिला जस्ता व्याक्टेरियाहरुले पनि निमोनिया लाग्न सक्छ ।

भाइरल निमोनिया

ब्याक्टेरियाले मात्र हैन, श्वासप्रश्वास प्रणालीमा संक्रमण गर्ने थुप्रै भाइरसका संक्रमणका कारण पनि निमोनिया हुनु गर्छ । तीमध्ये प्रमुख भाइरसहरुमा इन्फ्लुएन्जा–फ्लु रेस्पिरेटोरी साइटिकल भाइरस– आरएसभी मौसमी फ्लू गराउने राइनोभाइरस , कोरोनाभाइरस आदि पर्दछन् ।

भाइरसका कारण हुने निमोनियाहरु सामान्यतः मध्यम असर गर्ने खालका हुन्छन् । तीमध्ये अधिकांश उपचारबिना नै एकदेखि तीन हप्तामा निको भएर जान्छ ।

फंगल निमोनिया

माटोमा वा चराको सुलीमा हुने ढुसीहरुले पनि मानिसलाई निमोनिया गराउन सक्छ । यस्तो निमोनिया विशेष गरेर शरीरको रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसहरुलाई लाग्ने गर्छ । त्यसरी निमोनिया गराउने केही ढुसीहरुमा पर्दछन् ।

निमोनियाका किसिमहरु

निमोनियाका स्रोतका आधारमा तिनका किसिमहरुलाई वर्गीकरण गर्न सकिन्छस्

अस्पतालबाट आएका निमोनिया

यस किसिमका निमोनिया विशेषतः अस्पताल बसाइको दौरानमा सर्न सक्छ । यो अरु प्रकारका निमोनियाभन्दा अलि बढी गम्भीर हुने गर्छन् । विशेषतः अहिलेका जमानामा व्याक्टेरियाहरुले थुप्रै एन्टिबायोटिक औषधीहरुलाई प्रतिरोध गर्न सिकिसकेको हुनाले यस किसिमको निमोनियाले अलि गम्भीर असर पुर्याउन सक्छ ।

भेन्टिलेटरबाट आउने निमोनिया९ख्भलतष्बितयच(बककयअष्बतभम उलभगmयलष्ब ९ख्ब्ए०

भेन्टिलेटरको प्रयोग गर्दा कुनै पनि विरामीलाई निमोनिया भयो भने त्यसलाई भेन्टिलेटरबाट आउने निमोनिया भनिन्छ ।

समुदायबाट आउने निमोनिया
यस किसिमको निमोनियामा अस्पतालबाहेकका स्थानहरु, विशेषतः समुदायबाट सर्ने निमोनिया पर्दछ ।

एस्पिरेसन निमोनिया
खानेकुरा खाँदा, पिउँदा वा र्यालको माध्यमबाट व्याक्टेरियाले शरीरमा प्रवेश गरेर लाग्ने निमोनियाको किसिमलाई एस्पिरेसन निमोनिया भनिन्छ ।

निमोनियाको उपचार

निमोनियाका उपचार त्यसको कारण र किसिम, त्यसको गम्भीरता र संक्रमित व्यक्तिको स्वास्थ्य अवस्थामा भर पर्दछ । समस्याको मूल कारणको पहिचान तथा विरामीको स्वास्थ्य अवस्थाको आँकलनको आधारमा चिकित्सकले औषधी सिफारिश गर्न सक्छन् ।

सामान्यतः व्याक्टेरियाका कारण हुने निमोनियामा खाने एन्टिबायोटिक चलाइने गरिन्छ । चिकित्सकले सिफारिश गरेको औषधीको पूरै मात्रा सेवन गर्नुपर्छ । बीचमा आफूलाई निको भएको महसूस गरेर औषधी खान रोक्नु हुँदैन । त्यसरी बीचैमा औषधी छाड्ने गरियो भने पछि रोग बल्झिएर समस्या झनै गम्भीर हुन सक्छ र उपचार गर्न झनै कठिन हुने स्थिति आउन सक्छ ।

व्याक्टेरियाका कारण हुने निमोनियामा खाने एन्टिबायोटिक चलाइने गरिन्छ । चिकित्सकले सिफारिश गरेको औषधीको पूरै मात्रा सेवन गर्नुपर्छ । बीचमा आफूलाई निको भएको महसूस गरेर औषधी खान रोक्नु हुँदैन । त्यसरी बीचैमा औषधी छाड्ने गरियो भने पछि रोग बल्झिएर समस्या झनै गम्भीर हुन सक्छ र उपचार गर्न झनै कठिन हुने स्थिति आउन सक्छ ।

भाइरसका कारण हुने निमोनियामा भने एन्टिबायोटिक औषधीहरुले काम नै गर्दैन । तर कतिपय भाइरल निमोनियामा चिकित्सकले एन्टिभाइरल औषधीहरु दिन सक्छन् । अधिकांश भाइरल निमोनियाहरु औषधीबिना नै हाम्रो शरीरको रोग प्रतिरोधी क्षमताले लडेर केही समयमा आफैं निको हुने गर्छ ।

ढुसीका कारण भएको निमोनियामा एन्टिफंगल औषधीहरु चलाइने गरिन्छ । यस्तो समस्यामा संक्रमणलाई पूरै निको हटाउनका लागि थुप्रै हप्ता औषधी सेवन गर्नुपर्ने हुन सक्छ ।

घरमा गरिने उपचार

रोगका जटीलताका आधारमा चिकित्सकले एस्प्रिन, पीडानाशक औषधी, खोकीका औषधी, ज्वरोका औषधीहरु दिन सक्छन् । कतिपय अवस्थामा निमोनियामा खोकीले फोक्सोको पानी बाहिर निकाल्न सहयोग गर्ने भएकोले चिकित्सकले खोकीलाई पूरै निको नपार्ने रणनीति पनि लिन सक्छ ।

त्यसबाहेक, घरमा बसेर उपचार गर्दा प्रशस्त आराम गर्ने, शरीरलाई न्यानो राख्ने, प्रशस्त मात्रामा झोलिलो पर्दाथको सेवन गर्ने, फोक्साको व्यायामहरु गर्ने गर्दा पनि धेरै फाइदा पुग्छ ।

अस्पतालमा जानुपर्ने अवस्था

कतिपय निमोनिया घरमै बसेर पनि निको पार्न सकिन्छ भने संक्रमितको अवस्था गम्भीर हुँदै गयो र जटीलता बढ्दै गयो भने तुरुन्तै अप्ताल भर्ना गर्नुपर्ने हुन सक्छ । अस्पतालमा विरामीको अवस्थाअनुसार, विभिन्न खालका औषधीहरु चलाउने, श्वासप्रश्वास सजिलो गराउन अक्सिजन, भेन्टिलेटर लगायतका उपायहरु अपनाउने, फोक्सोको व्यायाम गराउने तथा अन्य आवश्यकीय चिकित्सा मद्दत दिइने गरिन्छ ।

निमोनियाबाट कसलाई बढीखतरारु

ख्याल गर्नैपर्ने कुरा के हो भने निमोनिया जोकोहीलाई पनि हुन सक्छ । तर पनि विशेषतः निम्न समूहका मानिसहरुलाई निमोनिया संक्रमणको खतरा बढी रहने गर्छस्

–भरखरै जन्मेदेखि २ वर्षसममका शिशु

–६५ वर्ष वा त्योभन्दा बढी उमेर समूहका मानिस

–कमजोर रोग प्रतिरोधी क्षमता भएका व्यक्ति । यस समूहमा विभिन्न रोगहरु भएका तथा स्टेरोइड तथा क्यान्सरका केही औषधीहरु सेवन गरिरहेका व्यक्तिहरु समेत पर्दछन् ।

–दम, डाइबिटिज, मुटुरोग जस्ता समस्या भएका व्यक्तिहरु

–मौसमी फ्लु वा चिसोका कारण हालसालै श्वासप्रश्वास प्रणालीमा संक्रमण भएका व्यक्तिहरु

–हृदयघात भएका, खानेकुराहरु निल्न समस्या भएका तथा हिँड्डुल गर्न असमर्थ व्यक्तिहरु

–धूमपान गर्ने, लागू औषध सेवन गर्ने तथा जड्याहा–रक्स्याहा व्यक्तिहरु

–लामो समयसम्म फोक्सो वा श्वासप्रश्वासप्रणालीमा असर गर्ने वातावरण –प्रदूषण, रसायन, रंगरोगन आदि०मा काम गर्नुपर्ने व्यक्तिहरु

बचाउका उपायहरु

थुप्रै अवस्थामा निमोनियालाई पन्छाउन सकिन्छ । मुख्यतः निमोनिया लागेको व्यक्ति वा तिनका सम्पर्कमा आउने मानिसहरुले जनस्वास्थ्यका नियमहरु, जस्तै, मास्क लगाउने, साबुपानीले हात धुने, भौतिक दूरी कायम गर्ने जस्ता उपायहरु अपनाउँदा संक्रमण सर्ने सम्भावना कम हुन्छ ।

थुप्रै अवस्थामा निमोनियालाई पन्छाउन सकिन्छ । मुख्यतः निमोनिया लागेको व्यक्ति वा तिनका सम्पर्कमा आउने मानिसहरुले जनस्वास्थ्यका नियमहरु, जस्तै, मास्क लगाउने, साबुपानीले हात धुने, भौतिक दूरी कायम गर्ने जस्ता उपायहरु अपनाउँदा संक्रमण सर्ने सम्भावना कम हुन्छ ।

स्वास्थ्य विज्ञानको प्रगतिसँगै निमोनियाका विरुद्ध विभिन्न खालका खोपहरु पनि आविष्कार भइसकेका छन् । विशेषतः निमोनियाका सम्भावना भएका व्यक्तिहरुले चिकित्सकको सल्लाहमा त्यस्ता खोपहरु लिएर निमोनियाबाट बच्न सकिन्छ । अमेरिकाको सेन्टरर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सीडीसी०ले सामान्यतः २ वर्षसम्मका बच्चाहरु, ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका मानिसहरु र निमोनिया लाग्ने सम्भावना बढी भएका जटील अवस्थामा मानिसहरुलाई निमोनियाको खोप हान्न सिफारिश गरेको पाइन्छ ।

निमोनिया हुनुको अर्को मुख्य कारण मौसमी फ्लू बिग्रिनु पनि हो । त्यसैले मौसमी फ्लूले पीडित हुने व्यक्तिहरुले फ्लुको खोप लिँदा पनि त्यसकारण हुन सक्ने निमोनियाबाट बच्न सकिन्छ । त्यसबाहेक निमोनिया र मेनेन्जाइटिस गराउने व्याक्टेरियाका विरुद्ध पनि खोप बनिसकेको छ । त्यो जोखिम समूहमा पर्ने व्यक्तिहरुले यो खोप लिएर पनि निमोनियाबाट जोगिन सक्छ ।

त्यसो त खोपले नै निमोनियाबाट पूर्ण रुपमा बचाउँछ भन्ने होइन । खोपले निमोनिया लाग्ने सम्भावनालाई कम भने अवश्य गराउँछ र लागिहालेमा पनि त्यसको असरलाई कम गराउन सक्छ ।

बचाउका अन्य उपायहरु

–धूमपान, मद्यपान, लागू औषधहरुको सेवन त्याग्ने ।

–आफ्ना हात नियमित रुपमा साबुन पानीले धुने ।

–खोक्दा–हाँच्छिउ गर्दा सधैं मुख ढाक्ने ।

–स्वस्थकर जीवनयापन गर्ने । शरीरको रोग प्रतिरोधी क्षमता बढाउने खानेकुराहरुको सेवन गर्ने ।
–नियमित योगा–व्यायाम गर्ने ।

निमोनियाले फोक्सोमा आक्रमण गर्ने भएकोले यसलाई हल्का रुपमा लिनु हुँदैन । सामान्यतः चिकित्सीय सहयोगमा तथा शरीरको रोग प्रतिरोधी क्षमताका कारण निमोनिया आफैं निको हुनु पनि सक्छ । तर कतिपय अवस्थामा निमोनियाकै कारण ज्यानै पनि जान सक्छ । विशेषतः अहिले कोरोनाभाइरसको महामारीले पनि सबैभन्दा पहिले मानिसको फोक्सोमै आक्रमण गर्ने भएकोले हामीले निमोनियाका बारेमा ग्म्भीर हुनैपर्छ र यसबाट बच्ने उपायहरुलाई अवलम्बन गर्नुपर्छ ।

ranechhap