18, May, 2024

अटोमेटिक पेस्तोलसहित बालकुमारीबाट दुईजना पक्राउ

Bagmati Voice
संवाददाता
१२ जेष्ठ २०७९, बिहीबार १४:४८ | १ साल अगाडी

काठमाडौं । ललितपुरको बालकुमारीबाट अटोमेटिक पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

केही बेरअघि मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल, २ राउण्ड गोली र २ थान म्यागेजिनसहित एक युवालाई पक्राउ गरिएको ललितपुर महानगरीय प्रहरी परिसरका एक अधिकारीले बताए ।

पक्राउ पर्नेहरूमा सर्लाहीका सुरेन्द्र थिङ र वीरबहादुर बम्जन रहेको प्रहरीले बताएको छ ।

उनीहरूबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

१२ जेष्ठ २०७९, बिहीबार १४:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading