काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २५ को वडाध्यक्षमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका उम्मेदवार राजेश डंगोलले एमालेका राजेश प्रसाद श्रेष्ठलाई पराजित गर्दै नयाँ वडाध्यक्ष चुनिएका हुन् ।
प्राप्त नतिजाअनुसार डंगोलले ९१२ भोट ल्याएर विजयी भएका छन् भने श्रेष्ठले ६४३ मत ल्याएर पराजय व्यहोरेका छन् । यस वडामा ४ हजार ३४१ भोट खसेको थियो । यो वडा जितेसँगै काठमाडौंका ९ वटा वडाहरू कांग्रेसको पोल्टामा गएका छन् ।
मेयरतर्फ भने यस वडामा एमालेका केशव स्थापितले सर्वाधिक मत ल्याएका छन् । उनले ९९० भोट ल्याए ।
दोस्रो सर्वाधिक भोट स्वतन्त्र उम्मेदवार सुमन सामयीले ल्याए । उनको चुनाव चिन्ह आँखीझ्यालमा ८८२ भोट खसेको छ ।
यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ७८८ भोट ल्याएर तेस्रो स्थानमा छिन् भन् स्वतन्त्र उम्मेदवार बालेन शाहले ७३० भोटका साथ चौथो स्थानमा छन् ।









































