काठमाडौं । आन्तरिक किचलोमा रहेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ।
पार्टी कार्यालय धुम्बाराहीमा अपरान्ह १ बजे बस्ने बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन्।
बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित ५ नेताले लेखेको पत्र,त्यसको जबाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ।
शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफुमाथि लगाइएको आरोप पत्र फिर्ता नभएसम्म बैठक बस्न नसक्ने दोहोर्याएका थिए।
बहुमत सचिवालय सदस्य आजको स्थायी कमिटी बैठक बोलाउनुपर्ने पक्षमा रहेपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन्।
अपरान्ह बस्ने बैठकका लागि सबै स्थायी कमिटी सदस्यलाई खबर गरिएको पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए।








































