वि.सं.२०८३ वैशाख २४ बिहीवार

विर्तामोड नगरपालिकाको मेयरमा एमाले उम्मेदवार महतारा निर्वाचित

khanepani

झापा । झापाको विर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार पवित्रा महतरा प्रसाईं निर्वाचित भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजराज सिटौलालाई हराउँदै उनी मेयरमा निर्वाचित भएको निर्वाचत अधिकृत डम्बरप्रसाद काफ्लेले अनलाइनखबरलाई बताए ।

उपमेयरमा पनि नेकपा एमालेकै उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सीडी कडरियालाई हराएका हुन् ।

ranechhap