वि.सं.२०८३ असार १३ शनिवार

विवेकशीलका उपाध्यक्षसहित १३ जनाद्वारा साझासँगको एकीकरण यात्रामा राखे विमति

khanepani

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकीकरण प्रक्रियामा विवेकशीलका १३ जनाले फरक धारणा राखी यस प्रक्रियामा सहभागी नरहने जनाएका छन् ।

उनीहरूले बिहीबार एक विज्ञप्ति निकालेर अहिले पार्टी एकीकरणको वेला नभएको भन्दै आफूहरु यस प्रक्रियामा सहभागी नहुने जनाएका हुन् ।

उनीहरूले आफूहरूले लिने आगामी कदमबारे आवश्यक छलफल गरी अघि बढ्ने पनि जनाएका छन्

यसरी फरक मत राख्नेहरूमा उपाध्यक्ष अजिता राई, सचिव संगीता बाटाजू, कर्मा तामाङ, छिरिङ तामाङ, विजयबाबु सिवाकोटी, जेसन वैद्य, शिशिर राई, जमाल अली, आशिष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ राई, शिशिरविक्रम कार्की र आलोक सुवेदी रहेका छन् ।

उनीहरूले देशमा वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि नयाँ एजेन्डा, कार्ययोजना र रणनीति रहेकोसमेत औँल्याएका छन् ।

ranechhap