वि.सं.२०८३ असार १४ आइतवार

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ हिजो दिउँसोभन्दा साँझ दुखेर आयो’: पौडेल

khanepani

तनहुँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरीरमा दुखाइ बढ्दै गएको बताएका छन्।

पौडेललाई बुधबार पुल उद्घाटन गर्न जाँदै गर्दा तनहुँ प्रहरीले नियन्त्रणमा लिई तीन घण्टापछि छाडेको थियो।

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ हिजो दिउँसोभन्दा साँझ दुखेर आयो,’ पौडेलले भने, ‘हिजोभन्दा आज दुखाइ बढी छ।’

उनले गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको उल्लेख गरेका छन्।

‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन,’ उनले भने, ‘असली लोकतन्त्र कहिले साकार हुने होरु मेरो चिन्ता यसैमा छ।’

गृह जिल्ला तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदा निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले पौडेललाई पक्राउ गरेको थियो।

आज बिहान ११ बजेपछि उक्त पुल उद्घाटन गर्ने पौडेलले बताएका छन्। पुल उद्घाटन नेकपा नेताबाट हुनुपर्ने भन्दै नेकपाले भने विरोध गरिरहेको छ

ranechhap