वि.सं.२०८३ वैशाख १९ शनिवार

लालबन्दीको मेयरमा माओवादीका बुढाथोकी र उपमेयरमा कांग्रेसकी पाख्रिनको अग्रता

khanepani

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका प्रल्हाद बुढाथोकीले अग्रता लिएका छन् ।

१९९ मतगणना हुँदा बुढाथोकीले ६४ मत ल्याएका छन् । बुढाथोकी माओवादी र एकीकृत समाजवादीका साझा उम्मेदवार हुन् ।

नेपाली कांग्रेसका बासुदेव ५२ मत ल्याएर बुढाथोकीलाई पछ्याइरहेका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार गोविन्द महतले भने ३६ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसकी कल्पना पाख्रिनले ४६ मत ल्याएकी छन् । नेकपा एमालेकी सरसरी माया थिङले ३८ मत ल्याएकी छन् । माओवादी–समाजवादी गठबन्धनबाट उमेयरकी उम्मेदवार गोविन्द अधिकारीले १० मत ल्याएका छन् ।

ranechhap