29, Apr, 2024

प्रावि तह शिक्षकको नतिजा सार्वजनिक, १३ असारमा विषयगत परीक्षा

Bagmati Voice
संवाददाता
२९ बैशाख २०७९, बिहीबार १३:३८ | १ साल अगाडी

काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको सामान्य तर्फको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले १९ चैतमा १३ हजार २९७ रिक्त पदका लागि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा १ लाख २ हजार ६५८ सहभागी मध्ये १९ हजार ३८५ जना उत्तीर्ण भएका छन् ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ मा २१ हजार ४६६ जना सहभागी मध्ये ४ हजार २४७ जना, मधेश प्रदेशमा १० हजार १०९ जना सहभागी मध्ये ९५२ जना, बागमती प्रदेशमा १७ हजार २२३ जना मध्ये ३ हजार ७८९ जना उतीर्ण भएका छन् ।

यसैगरी गण्डकी प्रदेश १५ हजार ७९७ सहभागी मध्ये ३ हजार ६०६ जना, लुम्बिनी प्रदेशमा १६ हजार ९९६ जना मध्ये ३ हजार ४६८ जना, कर्णाली प्रदेशमा ८ हजार २२१ जना मध्ये १ हजार १९१ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८४६ मध्ये २ हजार १३२ जना उत्तीर्ण भएका छन् ।

नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले ६ जेठसम्म २५० रुपैयाँ शुल्क बुझाएर आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

१३ असारमा विषयगत परीक्षा

आयोगले प्रावि तह तृतीय श्रेणीको विषयगत परीक्षा १३ असारमा सञ्चालन गर्ने भएको छ । आयोगका अनुसार परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।

प्रदेश १ को मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

२९ बैशाख २०७९, बिहीबार १३:३८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading