वि.सं.२०८३ साउन ११ सोमवार

“जागिरेको काम आफ्नो ड्युटी ईमान्दारीपूर्वक राम्ररी गर्ने हो, उ गफाडी नेता वा पत्रकार हैन”

khanepani

दलीय दारूमा लिप्त कथित पत्रकारहरू अहिले सोसल मिडिया र स्वतन्त्र केही ब्यक्तिका अभिब्यक्तिबाट थर्कमान देखिन्छन्। केही त पूर्वजागिरेले लेख्यो भनेर ट्विटरमा सराप्न पनि अघि सरेका छन्।
जागिरेको काम आफ्नो ड्युटी ईमान्दारीपूर्वक राम्ररी गर्ने हो, उ गफाडी नेता वा पत्रकार हैन।
मानिसले जे सुकै पेशा गरोस्, समाजलाई निस्वार्थ केही दिन रिचआउट गर्ने कुरा सामाजिक सेवा हो। समाजले जसले दिन्छ उसको कदर गर्छ। जागिरबाट कसैले दिने भन्ने हुदैन, जागिरेले तलब लिएवापत काम गरेको मात्र हो। नेपालमा ठग र कामचोर कर्मचारीहरूको संख्या निरन्तर बढ्नाले कुनै कर्मचारीले आफ्नो ड्युटी प्रभावकारीरूपमा पूरा गर्यो मात्र भने वाह वाह गरेर हिरो बनाईन्छन्। यो खडेरीमा तिर्खाले प्याक प्याक परेको बेला २ थोपा शित चाट्न पाए जस्तै हो। अरू मानिसले जागिरेसंगको नाता गॉस्ने उसको कामसंग मात्र हो। तर नेपालमा काम हैन अरू विशेष लाभ फुत्काउने कुरासंग चॉसो राख्छन् भने त्यो सेवाग्राहीको दोष हो। काम गर्यो कि गरेन त्यसमा पो लाग्ने हो। नमस्कार गरेन, गजक्क पर्यो, मलाई वास्ता गरेन, गनेन भनेर किन रोईलो गर्नु? कर्मचारीबाट काम भयो कि भएन? त्यसमा पो मतलब गर्ने हो नि!
गफयोगी, परजीबी पत्रकार र नेताहरू कर्मजीबी कर्मचारी वा र पेशासंग तुलना गर्नयोग्य हुदैनन्। कर्मचारी वा पेशाविदले आफ्नो काम ईमान्दारिपूर्वक गर्यो भने त्यही नै अरूका लागि ठूलो योगदान मान्नुपर्छ।
मसंग सयौँ पत्रकारले भेटेका होलान्, कैयनले मलाई चिनेका छन् किनभने मेरो स्वभाव मिडियामैत्री छ। मेरो रूचि पत्रकारितामा पनि उत्तिकै छ। भारतमा इन्जिनियिंग पढ्दा दिल्लीको एक संस्थासंग करेस्पोन्डेन्सबाट पत्रकारिताको डिप्लोमा कोर्ष पूरा गरेको पनि हुँ।
त्यस्ता पत्रकारहरू पनि छन् जसले मलाई आजसम्म भेटेकै छैनन्, मसंग साक्षात कुरा गरेकै छैनन्। मलाई ब्यक्तिगत चिनेका पनि छैनन्। मलाई भेट्ने सयौँ पत्रकारहरूमध्ये आजसम्म सायद एकजना पत्रकारले पनि मेरो आपसी शिष्टाचार वा ब्यवहारको आलोचना गरेका छैनन् होला। बरू मसंग जतिले भेटेका छन्, भेटेपछि दंग परेका हुन्थे जस्तो लाग्छ। त्यसपछि ती मेरा फ्यान बनेका पनि छन्। सयौँ पत्रकार फ्यान छन् मेरा!
शिष्टाचारको मामलामा मेरा गुरू, विद्यालय, युविभर्सिटीका शिक्षकहरू, हाकिमहरू, मेरा मातापिता एवं अभिभावकले मलाई राम्रै संस्कार दिएका छन्। शिष्टाचारमा म कन्जुस्याई गर्दिनँ।
अरूले के कसो गर्छन्, कस्तो शिष्टाचार देखाउछन्, मेरो ठेक्का हैन नि। त्यसको के मतलब हुन्छ र! हैन ? तर शिष्ट कर्मचारीले समाजबाट सम्मान पनि पाउछन्। शिष्टता संस्कार हो, दिमागी कुरा हैन।

ranechhap