काठमाडौं । इञ्जिनमा समस्या आएपछि श्री एयरलाइन्सको विमान काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ ।
काठमाडौंबाट धनगढीको लागि उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो ।
८० जना यात्रुसहित धनगढी गएको उक्त विमानको बायाँ इञ्जिनमा समस्या आएपछि काठमाडौंमै फर्काएर आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।








































