वि.सं.२०८३ जेठ ३० शनिवार

समाचार कै कारण फिर्ता भयो सवारी साधन, सिईओ शाक्यलाई परो दवाव

khanepani

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) महाँकाल चौर शाखाको भ्रष्टाचार र अनियमित कामको बारेमा लेखिएको समाचारको प्रभाव परेको छ ।

नेकपा निकट यूनियनका अध्यक्ष नवलसिंह साँउदले प्रयोग गर्न कार्यालयबाट बुझेर लगेको मोटरसाइकल आफुले प्रयोग नगरि छोरालाई प्रयोग गर्न दिएको विषयको समाचार लगातार प्रकाशित भएपछि उक्त मोटर साइकल फिर्ता भएको छ ।

साँउदले फिर्ता गरेको मोटर साइकल महाँकाल चौरका कर्मचारी भोला ढुंगानाले प्रयोग गरेको समाचार स्रोतले पुष्टि गरेको छ ।
अन्य क्षेत्रमा भएका अनियमितता र भ्रष्टाचार समेत यसैगरि सूधार हुनेमा हामि विस्वास गर्दछौं । महाँकाल चौर शाखा यसै शाखाका प्रमुख उमेश मरठ्ठाको अकर्मणयताको शिकार भएको छ ।

यस शाखामा नेकपा र नेपाली कांग्रेसका कर्मचारी नेताहरुको क्रिडा स्थल जस्तै भएको छ । नयाँ धरा जडान, खरिद, पम्प मर्मत, र पाइप लाइन जस्ता काम गर्दा व्यापक अनियमितता हुने गरेको समाचार छ ।

त्यतिमात्र हैन, यस शाखा अन्तरगत गोकर्ण क्षेत्रमा करिव ५ सयको हाराहारीमा अबैधरुपमा जडान गरिएका धाराको विषयमा अख्तियार देखि अन्य कुनै निकायमा समेत उजुरी परेको गोर्कणवासीले बताएका छन । यसमा समेत सुधार गरेर महांकाल चौरका मर्ठठ, राजु कोइराला, साउद, भूमि अधिकारी र हेम बुढाथोकिलाई बेग्ला बेग्लै शाखामा सरुवा गर्नु पर्ने दवाव समेत सिईओलाई परेको सिईओ निकट स्रोतले दावी गरेको छ ।

महाँकाल चौरमा लामो समय देखि खिल जस्तै गाडिएर बसेका प्राविधिक कर्मचारीहरुलाई तत्काल सरुवा नगर्ने हो भने सूधारको परिकल्पना मिथ्या हुने दावी यूनियनका नेताहरुले बताएदै आएका छन ।

युनियनका अध्यक्षहरुलाई केन्द्रिय कार्यालयमा कार्यकाल भर राखेर काम लगाउनु पर्ने दवाव सबैतिरबाट सिईओलाई पर्ने गरेको छ ।
यस विषयमा केयूकेएल वोर्डले समेत निक्कै चासो दिएको केयुकेएल वोर्डका एक सदस्य बताएका छन ।

ranechhap