वि.सं.२०८३ साउन २६ मंगलवार

रेनुको तारिफ गर्दै देउवाले भने- भरतपुरका गल्लीहरू पिच भए, जग्गाको भाउ बढ्यो

khanepani

भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा विकासकै कारण जग्गाको भाउ बढेको बताएका छन् ।

चुनावी सभामा बोल्दै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले माओवादी नेतृ रेनु दाहालको कार्यकालमा भरतपुरका सबै गल्ली पिच भएर जग्गाको भाउ बढेको बताए ।

‘गल्ली गल्लीमा पिच भएको छ । यहाँको जग्गाको भाउ बढेको छ । काठमाडौंमा भन्दा जग्गाको मूल्य बढिसक्यो । यो रेनु दाहालले बनाउनुभएको हो’, देउवाले भने ।

भरतपुरमा अन्तर्राष्ट्रिय खेल मैदान र सम्मेलन केन्द्र बन्दै गरेको भन्दै देउवाले आगामि दिनमा अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्ने बताए ।

‘उहाँले अन्तर्राष्ट्रिय खेल क्रिकेट मैदान बनाउँदै हुनुहुन्छ, अन्तर्राष्ट्रिय सभा हल बनाउँदै हुनुहुन्छ । त्यसपछि अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्छ । यो चानचुने कुरा होइन’, उनले भने ।

ranechhap