वि.सं.२०८३ वैशाख २० आइतवार

पाँचजना ‘बागी’ उम्मेदवारसहित समर्थक र प्रस्तावकलाई धादिङ कांग्रेसको कारबाही

khanepani

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत पार्टीको आधिकारिक निर्णयविरूद्ध ‘बागी’ उठेकाहरूलाई धादिङ कांग्रेसले कारबाही गरेको छ ।

नेपाली कांग्रेस धादिङले आज एक विज्ञप्ति सार्वजनिक गर्दै बागी उठेका पाँचजना र उनीहरूका समर्थक र प्रस्तावकलाई कारबाही गरेको जनाएको छ ।

कारबाहीमा पर्नेहरूमा वेनीघाट रोराङ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका देवीप्रसाद सिलवाल, नीलकण्ठ नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी कल्पना अधिकारी, नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका टेकजंग लामा, खनियाँबास गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका फलबहादुर तामाङ र सोही गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी सरिता तामाङ छन् ।

उनीहरूसँगै उम्मेदवारीका समर्थक र प्रस्तावकलाई समेत नेपाली कांग्रेसको विधान २०१७(संशोधनसहित) को धारा ४ उपधारा १३(ग) बमोजिम कांग्रेसको सदस्य नरहेको व्यहोरा विज्ञेप्तिमा उल्लेख छ ।

साथै उनीहरूलाई नेपाली कांग्रेसको झण्डा, लोगो र व्यानर प्रयोग नगर्न सचेत गराइएको छ ।

विज्ञप्तिमा जिल्ला सभापति रामनाथ अधिकारीको हस्ताक्षर छ ।

ranechhap