वि.सं.२०८३ वैशाख १६ बुधवार

कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु

khanepani

कञ्चनपुर । कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ का ४० वर्षीय घुमन डगौरा र भीमदत्त नगरपालिका-४ बस्ने ३५ वर्षीय गणेश राना रहेका छन्।

भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियाकी सरस्वती भट्टको घरमा शुक्रबार ८ बजेतिर सेप्टिक ट्याङ्की सफा गर्ने क्रममा उनीहरू त्यहाँभित्र खसेका थिए।

ट्याङ्कीभित्र खसेपछि उनीहरूलाई स्थानीयहरूले बाहिर निकाल्दा उनीहरू त्यहाँ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए।

उनीहरुको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको उनले बताए।

प्रहरीका अनुसार स्थानीयले राति १० बजेतिर सेफ्टी ट्यांकीबाट शव निकालेका थिए।

ranechhap