वि.सं.२०८३ वैशाख २२ मंगलवार

मानवअधिकार उल्लंघनका आरोपीलाई आईजीपी बनाएको आयोगका सदस्य ठाकुरको दावी

khanepani

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहि ठाकुरले मानव अधिकार उल्लंघनका दोषीलाई सरकारकाले नेपाल प्रहरीको आईजीपीमा नियुक्त गरेको आरोप लगाएका छन् ।

आयोगमा बुधवार आयोजित पत्रकार सम्मेलनमा सदस्य ठाकुरले आईजीपी धिरजप्रताप सिंह मानवअधिकार उल्लंघनका आरोपी रहेको दावी गरे ।

उनले मानव अधिकार उल्लंघनका आरोपीलाई आर्इजिपी नियुक्त गरिनु राज्यसत्ताको दुरुपयोग हुने समेत बताएका छन् । उनले आईजीपी सिंहमाथि मानवअधिकार उल्लंघननको आरोपमा अनुसन्धान भइरहेको समेत बताए ।

ranechhap