वि.सं.२०८३ वैशाख २० आइतवार

मतदाताको पाउमा हजारकाे नोट राखेर भोट माग्दै मेलम्चीका कांग्रेस उम्मेदवार

khanepani

काठमाडौं । मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट मागिरहेका छन् । चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेका छन् ।

उनले कसैलाई एक हजार त कसैलाई त्योभन्दा बढी रकम पाउमा राखेर ढोग्दै भोट मागिरहेको स्थानीयले बताएका छन् । यसरी पाउमा पैसा राखेर भोट मागिरहेकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

मेलम्चीमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको छ ।

ranechhap