वि.सं.२०८३ वैशाख २३ बुधवार

कांग्रेसभित्रैको अन्तरघातको भयले कांग्रेस सुर्खेतमा गठबन्धन बनाउन तयार, ड्राफ्ट तयार हुँदै

khanepani

सुर्खेत । नेपाली कांग्रेस सुर्खेत भने गठबन्धनको सहारामा चुनावमा होमिने अन्तिम कसरतमा जुटेको छ ।

आन्तरिक विवाद मिलाउन पूर्ण रुपमा असफल भएको सुर्खेत कांग्रेसले नेकपा एमालेलाई हराउन भन्दै माओवादीलाई आवश्यक भाग दिएरै भएपनि गठबन्धनमा जानुपर्ने अन्यथा सबै पालिका गुमाउनुपर्ने अवस्था सिर्जना भएकाले गठबन्धन बनाउन कसरत तीव्र पारेको हो ।

सुर्खेत कांग्रेसमा संस्थापन पक्ष हावी भएका कारण शेखर समूहले नौ पालिकामा कतैपनि उम्मेदवारी दर्ता गर्न पाएन । अन्तिम अवस्थामा महामन्त्री गगन थाले मेयरका आकांक्षी नारायण कोइरालालाई वैशाख १२ गते साँझ ४ बजे नगरप्रमुख बन्न फोनमार्फत आग्रह गरेपनि उनले आफूले आफ्नो हितमा भन्दा पनि कांग्रेसको हितमा ४० प्रतिशत भागवण्डा गर्नुपर्ने भन्दै आफू मेयर नबन्ने बताएका थिए ।

सुर्खेत कांग्रेसले शेखर समूहलाई पाँच ओटा उपप्रमुख तथा उपाध्यक्ष लैजान भनेर भनेतापनि शेखर समूहले सोझै इन्कार गरेको थियो ।

‘कतिमा हामीसँग एकपटक पनि सल्लाह भएन । मनोनयन दर्ताको समयमा उहाँहरुले कुनैपनि पहल नगरेका कारण हामीले कतैपनि उम्मेदवारी दिएनौं ।’ संस्थापन इतर समूहका नेता कमलराज रेग्मी भन्छन्, ‘उहाँहरुले पार्टी मिलाएर लैजाने भन्दा पनि सत्ता र शक्तिको आडमा हाम्रो विचार समूहलाई दबाउनु भएको हो । उहाँहरुको दम्भका कारण काँग्रेसलाई नोक्सान भएको छ ।’

तर, अहिले नेपाली कांग्रेस भने आफ्नै दलबाट असहयोग हुने सम्भावना देखेका कारण माओवादीसँग गठबन्धन गरेर जान तयार भएको छ ।

कांग्रेस स्रोतका अनुसार अहिले नेकपा माओवादी र नेपाली कांग्रेसका नेताहरुबीच भागवण्डा मिलाएर जाने भन्दै सहमतिको ड्राफ्ट तयार गर्न लागेका छन् । ‘केहि समयमा नै काँग्रेस र माओवादीबीच तालमेल भएको खबर तपाईले पाउँदै हुनुहुन्छ ।’ स्रोतले नेपालप्रेससँग भन्यो ।

सुर्खेतमा नौ पालिका छन । २०७४ मा का‌ंग्रेसले ६ पालिकामा जित हात पार्दा एमालेले तीन पालिकामा चित्त बुझाउनु परेको थियो ।

ranechhap