वि.सं.२०८३ वैशाख २२ मंगलवार

मनाङमा मतपत्र र परिचयपत्र हेलिकप्टरबाट ढुवानी

khanepani

लमजुङ । हिमाली जिल्ला मनाङमा नेपाली सेनाको हेलिकप्टरमार्फत मतपत्र र परिचयपत्र ढुवानी गरिएको छ । सेनाको हेलिकप्टरमार्फत ९ हजार मतपत्र, मतदाता परिचयपत्रलगयात सामग्री बिहीबार नेपाली सेनाको हेलिकोप्टरले सदरमुकाम चामेमा रहेको सेनाको इन्द्रदल गुल्ममा मतपत्रसहितको निर्वाचन सामग्री ल्याइएको हो।

प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै आयोगले हेलिकप्टरमार्फत मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन सामग्री पठाएकाे बताए ।

मतपत्रलाई सुरक्षितसाथ राखिएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । उनका अनुसार निर्वाचनका लागि चाहिने सामग्रीलाई जिल्ला निर्वाचन कार्यालयमा राखिएको छ भने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मामा राखिएको खनालले बताए । मनाङमा कुल ६ हजार ४ सय ९६ मतदाता छन् । जसमा ३ हजार ३ सय ४८ महिला र ३ हजार १ सय ४८ पुरुष छन् ।

ranechhap