वि.सं.२०८३ जेठ ३१ आइतवार

चुनावी घोषणापत्रमा ओलीले गरेको टिप्पणीविरुद्ध कांग्रेसले पत्रकार सम्मेलन गर्दै

khanepani

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीबारे नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ ।

नेपाली कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । थापाले ओलीको अभिव्यक्तिबारे जवाफ दिने उनको सचिवालयले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए ।

ranechhap