वि.सं.२०८३ जेठ ३१ आइतवार

रुपा गाउँपालिकामा कांग्रेस कार्यकर्ताको नाराबाजीपछि उम्मेदवार परिवर्तन

khanepani

पोखरा । कास्कीको रुपा गाउँपालिकामा नेपाली कांग्रेस कार्यकर्ताले आफ्नै उम्मेदवारलाई मनोनयन गर्दा गर्नबाट रोक लगाएका छन् ।

बिहानैदेखि निरन्तर नाराबाजी गर्दै बाटो रोकेका कारण गाउँपालिका प्रमुखमा मनोनयन दर्ता गर्न पुगेका आनन्द सुवेदीलाई रोकेका हुन् ।

स्थानीय नेता कार्यकर्ताको निरन्तर अवरोधपछि अन्तिम समयमा आएर उम्मेदवार परिवर्तन गरिएको छ ।

सुवेदीलाई हटाएर अधयक्षमा गिमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई उठाउने निर्णय भएको रुपा गाउँपालिकाका प्रकाश खनालले जानकारी दिए । खनाल पनि यस पटक नेपाली कांग्रेसबाट पालिका प्रमुख आकांक्षी थिए ।

रुपामा नेकपा एमालेबाट भने हालकै जनप्रतिनिधि दोहोरिएका छन् । पालिका प्रमुखमा नवराज ओझा र उपप्रमुखमा लालसुबा गुरुङले मनोनयन दर्ता गरिसकेका छन् ।

ranechhap