वि.सं.२०८३ असार १ सोमवार

ललितपुर-१८ का वडाध्यक्ष खड्का एमाले छोडेर माओवादीमा, तुरुन्तै पाए टिकट

khanepani

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष पुरुषोत्तम खड्का एमाले त्यागेर माओवादीमा प्रवेश गरेका छन् । आज आफ्नै निवासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीमा भित्र्याएका हुन् ।

वडाध्यक्षका रूपमा प्रभावकारी काम गरेका खड्का फेरि दोहोरिन इच्छुक थिए । तर, एमालेले उनलाई टिकट दिएन । सो वडामा दामोदर खड्कालाई उम्मेदवार बनाइएको छ । उनी पुरुषोत्तमका प्रतिस्पर्धी हुन् ।

एमाले विभाजन हुनुअघि दामोदर माधव नेपाल समूहमा थिए । तर, पार्टी विभाजन हुँदा उनी एमालेमै रहे । त्यसैको पुरस्कारस्वरूप दामोदरलाई एमालेले सोही वडाबाट टिकट दिएको हो । अघिल्लो चुनावमा पनि उनी टिकटका आकांक्षी थिए । त्यसबेला भने पुरुषोत्तमले बाजी मारेका थिए ।

एमालेबाट दोस्रोपटक वडाध्यक्ष लड्न नपाएपछि पुरुषोत्तमले माओवादी रोजेका छन् । उनले टिकट पाएसँगै सो वडाबाट कांग्रेसका आकांक्षीले पनि उनलाई समर्थन गरेका छन् । पाँचदलीय सत्तारुढ गठवन्धनको उम्मेदवार बनेपछि पुरुषोत्तमको दाबेदारी बलियो बनेको छ ।

पुरुषोत्तमले ललितपुर-१८ मा विकास- निर्माणलाई रफ्तार दिइरहेका थिए । त्यसैले मतदाताहरुको सहानुभूति पनि उनीतिर रहेको छ ।

ranechhap