रामेछाप । साँघुटार हिमगंगाउच्च माध्यामिक विद्यालयको कृषि भवनमा आगो लागेर एउटा भवन पूर्णरुपमा क्षति भएको छ ।
साँघुटारको कुमाल्टारमा रहेको कच्चि भवनमा सोमबार दिउसो आगलागि भएको थियो । क्षतिको पुरा विवरण आधिकारीक रुपमा आएको छैन ।
सो भवनमा बोधबहादुर प्रधानको परिवार बस्दै आएको थियो । आगलागिबाट बोधबहादुरको सम्पुर्ण खाद्यन्नसहित कपडा जलेर नस्ट भएका छन । मानविय क्षति नभएपनि प्रधानले पालेका कुखुरा भने पुरा जलेको साँघुटारबाट राजन ढकालले बताएका छन ।

प्रधान विद्यालयको भेटेनरी (गाई फाराम) को भबनमा काम गर्दै आएका थिए । उनको ठुलो परिणाममा अन्न, लत्ताकपडा, भाडाकुडा,ठुलो परिणामा कुखुरा,हास, टर्की र केही गर्गहना लगायत केही नगद सहित बिद्यालय को भबन पुर्णरुपमा जलेर नष्ट भएको रामेछाप नगरपालिका वार्ड कार्यालयले जनाएको छ । आगलागी दिउसो करिब २ः३० मा बिद्धुत सर्ट भएर भएको भन्ने अनुमान गरिएको छ ।
आगलागी नियन्त्रणमा लिन स्थानीय प्रशासन, स्थानीय बासीलाई करिब ३ घन्टा लागेको थियो । रामेछाप नगरपालिकाको तर्फबाट वडा कार्यालयले आगलागी पिडीत परिवारलाई तत्कालका खान र वस्नको लागि केही राहत सामाग्री आज वितरण गरेको छ ।








































